काठमाडौं । एनएमबी बैंक सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एन्ड इन्भेष्टमेन्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगमसँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबी बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणी बैंकको रूपमा सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय वित्त निगमसँग सम्झौताअन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरूमा कर्जा प्रवाह गर्दछ । एनएमबी बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरूप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो ।
एनएमबी बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ । बैंंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागि अग्रसर रहेको छ ।
एनएमब बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौँ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।
बैंकले हाल देशभरिका एक सय ८१ शाखाहरू, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।