काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले घरदैलो अभियान सुरु गरेको छ । बैंकले देशभर एकसाथ घरदैलो कार्यक्रम सुरु गरेको हो । बैंकका अनुसार कोरोना महामारीमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अरू मापदण्डको समेत पालना गर्दै एकसाथ सबै शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो ।
घरदैलो कार्यक्रममा बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैंकिङ कारोबार गर्न सिकाउने, बैंकिङ प्रणालीमार्फत आर्थिक कारोबार गर्नेसम्बन्धी जनचेतना जगाउने काम गरिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यो कार्यक्रम विशेषगरी ग्रामीण क्षेत्रका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको हो ।