काठमाडौं । नबिल बैंकले ‘नबिल डिजी वर्क स्पेस’ कार्यक्रम सार्वजनिक गरेको छ । कुनै न कुनै नवीनतम काम गर्दै आइरहेको बैंकले कर्मचारी दक्षता स्तरोन्नति नबिल डिजी वर्क स्पेस सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यसले हालचलनमा रहेको इन्ट्रनेटलाई विस्थापित गर्नेछ । सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता हो भनी बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरे ।
नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरूले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छन्, कोसँग छन् तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ । अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरूले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका कामहरू स्वीकृत गर्न सक्नेछन् । यसले कागजी प्रक्रियाबिना तीव्ररूपमा अनिर्णित कामहरू सम्पादन गर्न सहयोग पुग्नेछ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायानुकूल सेवा प्रदान गर्दै आएको नबिलको हाल एक सय ३५ वटा शाखा, एक सय ७६ वटा एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट रहेको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।