काठमाडौं । सेयर बजार परिसुचक आज मंगलबार ४४ दसमलव १८ अंकले ओरालो लागेर दुुई हजार नौ सय ३४६ दसमलव ६० बिन्दुुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव पाँच अंकले ओरालो लागेर पाँच सय ४८ दसमलव ३५ बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ८६ हजार पाँच सय आठ पटकको कारोवारमा एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारणमा आज कुुल कारोवार रकम सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रुपैयाँमा सिमित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरुमध्ये अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक बढेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, लघुबित्त र लगानी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।