काठमाडौं । वाद्यवादक सुनिलसिंह नेपाली सम्मानित भएका छन् । रिबन इन्टरट्रेन्मेन्ट प्रालिले काठमाडौँमा आयोजना गरेको विशेष कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, नेपालको पहिलो नायिका भुवन चन्दसहितका व्यक्तिहरुद्वारा वाद्यवादक नेपाली सम्मानित भएका हुुन् । उनलाई राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान–२०७८ द्वारा सम्मानपत्रसहित दोसोल्ला ओडाएर सम्मान गरिएको आयोजक संस्था रिवन इन्टरट्रेन्मेन्टले जानकारी दिएको छ । सम्मानित व्यक्तित्व नेपाली प्रसिद्ध गायक तथा वाद्यवादक मदनसिंह नेपालीका छोरा हुन् ।
नेपाली सांगीतिक क्षेत्रमा सम्मानित व्यक्तित्व नेपाली रेडियो नेपालका गितारवादक हुन् । त्यसका अतिरिक्त कुशल संगीत संयोजक समेत रहेका नेपाली काठमाडौँ डिल्लीबजारमा स्थानीय बासिन्दा हुन् । विसं २०५७ सालदेखि नै लगातार नेपालीको गीत संगीतको विकासको र उत्थानको लागि संक्रिय रहेका नेपालीले विसं २०५९ सालमा रेडियो नेपालबाट वाद्यवादनको यात्रा सुरु गरेका थिए । सोपश्चात् विसं २०६७ सालमा विशिष्ट श्रेणीको वाद्यवादकको प्रमाणपत्र पाएका नेपालीले विसं २०७२ सालमा कतार एयरवेजअन्र्तगतको कतार एयरर्पोटमा रहेको रेष्टुरेन्टमा पियानो पर्फमरकोरुपमा पनि लामो सयम काम गरेका छन् ।
काठमाडौँस्थित डिल्लीबजारको चारखालमा जन्मिएका नेपालीले ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी परीक्षा पास गरेका हुन् । त्यसपछि किष्ट कलेजमा प्लस टु गरेका नेपाली सोपश्चात् भने लगातार नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील रहेका छन् । नेपाली गीत संगीतलाई विश्व बजारमा चिनाउनको लागि समेत ठोस भूमिका खेलेका नेपाली कुशल वाद्यवादक हुन् । उनको यही कलाको कदर गर्दै उनलाई सम्मानित गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । सम्मान पाउँदा खुसीसँगै थप जिम्मेवारीको महसुुस भएको छ । यो सम्मानले आगामी समय मलाई नेपाली सांगीतिक क्षेत्रको लागि अझै राम्रो काम गर्ने हौसला मिलेको छ, सम्मान ग्रहणपश्चात् वाद्यवादक नेपालीले भने ।