काठमाडौं । सनराइज बैंकले दुई शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार बैंकिङ पहुँच नपुगेका देशकाविभिन्न स्थानमा अत्याधुनिक बैकिङ सुविधा पु-याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १५ सोकनाह बजारमा ८८औं शाखारहित बैंकिङ सेवाको सुरुवात छ ।
यसैगरी यस्तै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ तित्रिवनमा ८९औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ६१ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ मा एक अर्ब ५० करोड २९ लाख ९० हजार तीन सय ४८ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ३५ करोड ९४ लाख ७५ हजार तीन सय ५४ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ रहेको बैंकले आव २०७७–०७८ मा एक खर्ब छ अर्ब ४३ करोड २३ लाख ७० हजार छ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४९ करोड ३४ लाख ३५ हजार चार सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ५२ करोड छ लाख ९७ हजार एक सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३८ प्र्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ९० अर्ब २२ करोड ३२ लाख ७१ हजार छ सय २९ रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब एक करोड ८५ लाख ९७ हजार पाँच सय ८४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८५ करोड ९२ लाख नौ हजार सात सय २३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।