काठमाडौँ ।सेयर बजार परिसुच सामान्य अंकले ओरालो लागेको छ । अघिल्लो दिन ६० दसमलव दुुई अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने शुन्य दसमलव ६२ अंकले ओरालो लागेर दुुई हजार आठ सय ७५ दसमलव ९७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दसमलव ५३ अंकले ओरालो लागेर पाँच सय ३५ दसमलव २९ बिन्दुमा झरेको छ । आज कुुल १३ वटा उपसमुह अन्र्तगतका दुई सय ३० वटा कम्पनीहरुको सेयर किनबेच भएकाछन । जसअन्र्त।गत ७२ हजार आठ सय ५८ पटकको कारोवारमा एक करोड ४४ लाख ७४ हजार आठ सय ५५ कित्ता सेयर खरिद बिक्री भएकाछन ।
सोही खरिद बिक्रीका आधारमा आज कुुल कारोवार रकम सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० रुपैयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये चार वटा उपसमुहरुको सुचक उकालो लागेकाछन भने नौ वटा उपसमुहरुको सुचक ओरालो लागेकाछन । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, लघुुबित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष उपसमुहरुको सुचक ओरालो लागेकाछन भने जलबिद्युुत, जीवन बीमा, टे«डिङ र लगानी उपसमुहहरुको सुचक उकालो लागेकाछन ।