काठमाडौँ । एनएमबी बैंकको एप प्रयोग गरी सामान खरिद गर्दा छुन पाइने भएको छ । बैंकले तीजको सप्ताहको अवसर पारेर आफ्ना ग्राहकहरूलाई क्यूआर कोड, पोस वा इएनएनमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याकको अफर ल्याएको हो ।
बैंकका अनुसार छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरीका एक सय ८१ शाखाहरू, एक सय ३७ वटा एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसककेको समेत जानकारी दिएको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा दुुई अर्ब ७३ करोड पाँच लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ७१ करोड २७ लाख ७७ हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले आव २०७७/०७८ मा एक खर्ब ६४ अर्ब ४० करोड ८१ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ९९ करोड ८४ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच अर्ब ६७ करोड ८५ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव नौ प्रतिशत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने दुुई अर्ब ३३ करोड ४७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६६ करोड छ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ६६ करोड ८४ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच अर्ब ४९ करोड ६२ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव पाँच प्रतिशत रहेको थियो ।