काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतनासम्बन्धी सामग्री हस्तान्तरण गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौंको त्रिपुरेश्वर चोकमा शुक्रबार एउटा औपचारिक कार्यक्रमको आयोजना गरी महाशाखाका प्रहरी उपरिक्षक सञ्जीव शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । नाडाले नो हर्न स्टिकर १० हजार थान, मास्क पाँच हजार थान, तपाईंको मास्क खोइ ? चेतनामूलक ब्यानर दुई सय थान र ‘ट्राफिक नियमको पालना गरौँ’ चेतनामूलक ब्यानर दुई सय थान हस्तान्तरण गरेको छ ।
उक्त अवसरमा सो जनचेतनामूलक स्टिकर तथा पर्चाहरु सवारीसाधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत यी कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दै आएको जनाएको छ ।