कास्की, माघ १३ प्रहरीले २९ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २७ रिठेपानी बस्ने ४० वर्षीय जितु शाहीलाई २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पोखरा विमानस्थलबाट यति एयरको उडानद्वारा काठमाडौँतर्फ आउन लागेका शाहीले बोकेको झोला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।