काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा, लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई२० गाडी, तीन लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्मको थप नगद छुट र निःशुल्क एक वर्षसम्मको बीमा र सडक कर (चालू आव) समेत प्राप्त गर्न सक्नेछन् ।
साथै हरेक हुन्डाई गाडीको खरिदमा छ वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । यस चाडपर्वको मौकामा पनि ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’मार्फत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।