काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने शुन्य दसमलव २७ अंकले उकालो लागेर दुई हजार नौ सय ४७ दसमलव ६९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५५ अंकले उकालो लागेर पाँच सय ४८ दसमलव ८७ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खदिर बिक्री भएका छन् । जसअन्तर्गत ९३ हजार दुई सय १८ पटकको कारोवारमा एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर किनबे भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सात वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । सो मध्ये बाणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र फाईनान्स उपसमुहहरुको सुचक उकालो लागेका छन् भने जलबिद्युत, लघुबित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।