काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २० करोड रुपैयाँमध्येबाट १९ प्रतिशतको अनुपातमा तीन करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय कम्पनीको यही असोज १८ हुुने तेस्रो वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ ।