काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक एक सय १४ दसमलव दुई अंकले ओरालो लागेर दुई हजार छ सय ९८ दसमलव २४ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १९ दसमलव ५१ अंकले ओरालो लागेर पाँच सय छ दसमलव २७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख सात हजार पाँच सय ९६ पटकको कारोवारमा एक करोड ७३ लाख ३० हजार पाँच सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।