ढाका । बंगलादेशले ठूलो परिमाणमा हिल्सा माछा भारत निर्यात गर्ने भएको छ । त्यहाँको वाणिज्य मन्त्रालयले ५२ कम्पनीलाई २ हजार ८० टन हिल्सा माछा यो वर्षको अक्टोवर १० सम्ममा निर्यात गर्न स्वीकृति दिएको हो ।
हिन्दूहरुको नवरात्रि (दशैँ) नजिकिँदै गर्दा भारतमा माछाको माग बढेको छ । भारत सरकारले पनि विविध खालका माछा आयात गर्न चाहिरहेको छ । वाणिज्य मन्त्रालयले ४० टन हिल्सा माछा निर्यात गर्न ५२ स्थानीय कम्पनीलाई छनोट गरेको जनाएको छ ।
बंगलादेशले हरेक वर्ष दशैँमा भारतमा हिल्सा माछा निर्यात गर्दै आएको छ । गत वर्ष बंगलादेशले उही परिमाणमा हिल्सा निर्यात गरेको थियो । भारतको पश्चिम बंगालमा हिल्साको माग उच्च रहेको बताइएको छ । हरेक वर्ष भारतले बंगलादेश सरकारलाई हिल्सा निर्यात गर्न आग्रह गर्ने गरेको छ ।