काठमाडौं । हुन्डाईले चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ । दशैँ तिहारलक्षित योजनामा कम्पनीले हुन्डाई आर२२० एलएस एक्स्काभेटरको खरिदमा तीन लाख रुपैयाँ नगद छुट, ४३ इन्चको एमआई टिभी प्रो, दुई हजार घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ । यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कुल पाँच लाख रुपैयाँसम्मको सुविधा प्रदान गरेको छ ।
नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आइरहेको जनाएको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि बिक्रीवितरण गर्दै आइरहेको छ । यो योजना असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपाल लागू गरिएको छ ।
हुन्डाईका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो बकेट, कतिपय मोडेलहरुमा वातानुकूलित क्याबिन, न्यूनतम मूल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले चौबीसै घण्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ । हुन्डाई बलियो तथा टिकाउ छ । उच्चतम भारवहन क्षमता, न्यून सञ्चालन खर्च लाग्ने, आदि हुन्डाई हेभी उपकराणका विशेषताहरु हुन् ।