काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आउने शनिबार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ ।
उक्त दिन नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । डा. साहका अनुसार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरूले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । निःशुल्क ओपीडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।