काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ६१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन ७३ दसमलव पाँच अंकले ओरालो लागेर २६ सय ८५ दसमलव ४१ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ९४ अंकले ओरालो लागेर पाँच सय छ दसमलव ३३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २४७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ६७ हजार पाँच सय ८७ पटकको कारोवारमा एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर बिक्री भएका छन् ।
सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबैको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।