काठमाडौं । एनएमबी बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्दतीमा नौ दशमलव ५२ प्रतिशत वार्षिक ब्याजदर ( शूून्य दशमलव पाँच प्रिमियमसहित) प्रदान गर्ने भएको छ । हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबीले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ ।
एनएमबी बैंकमा खाता नभएको ग्राहकहरूले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्नेछन् । भिडियो केवाईसीमार्फत ग्राहकहरूले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रुपमा सम्पन्न गर्न सक्नेछन् । ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्दछन् । बैंकले हाल एक सय ८१ शाखाहरूका साथै एक सय ३७ एटीएमहरू, नौ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।