काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने ५० दसमलव ५८ अंकले उकालो लागेर २६ सय ६५ दसमलव ९३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५८ अंकले उकालो लागेर पाँच सय तीन दसमलव ४६ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत ६३ हजार नौ सय १६ पटकको कारोवारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोवार रकम पाँच अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको कारोवार भएका छन् । जसमध्ये सबै उपसमुहरुको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो देखिएको छ ।