काठमाडौं । अन्तर्राष्ट्रिय हवाइ यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ घोषणा गर्नुका साथै वल्ड्र्स बेस्ट बिजनेस क्लास, वर्ल्डस बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वर्ल्डस बेस्ट बिजनेस क्लास एयरलाइन सिट, वल्र्ड्स बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप पाँच अवार्डद्वारा पनि सम्मानित गरिएको छ ।
यस पटक पनि गरी छैठौँ पटक (२०११, २०१२, २०१५, २०१७, २०१९ र अब २०२१) प्रमुख अवार्डद्वारा सम्मानित भएको एयरलाइनले उद्योगमा आफ्नो एक छत्र अग्रतालाई निरन्तरता दिएको छ । उड्डयन उद्योगको ओस्करका रुपमा परिचित, द २०२१ स्काइट्रेक्स अवार्ड्सले सेप्टेम्बर २०१९ देखि जुलाई २०२१ सम्मको अवधिका र सामान्य अवस्थाको यात्राका साथै महामारीको समयका यात्राको संयुक्त प्रतिनिधित्व गरेको छ । थपिएको समयावधिले कतार एयरवेजको दृढता र लचिलोपनको सटिक प्रतिनिधित्व गरेको छ ।
एयरवेजले साधारण समयमा उत्कृष्टताको प्रदर्शनी गर्नुका साथै सर्वाधिक चुनौतीपूर्ण घडीमा समेत आफ्ना विश्वभरका यात्रुलाई सक्दो चाँडै उडानमा नियमितता प्रदान गरी अतुलनीय योगदान पु-याएको थियो । जनवरी २०२१मा स्काइट्रेक्स कोभिड–१९ सेफ्टि रेटिङ पाउने पहिलो वैश्विक एयरलाइन बन्न पनि कतार एयरवेज सफल रह्यो ।
त्यसैगरी, आफ्नो लग्जरियस अल मोरजान लाउन्जका लागि एयरलाइनलाई वल्र्डस् बेस्ट बिजनेस क्यास एयरलाइन लाउन्जका रुपमा उपाधि प्रदान गरिएको हो । कम्पनीद्वारा प्याटेन्ट गरिएको क्यूस्विट बिजनेस क्लास लक्जरीलाई वल्र्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन सिट, प्रिमियम क्याबिनलाई वर्ल्डस बेस्ट बिजनेस क्लासका रुपमा लगातार पाँचौँ वर्ष पनि अवार्ड प्रदान गरिएको छ ।
कम्पनीले निरन्तर परिष्कृतीकरणका साथमा अन बोर्ड उपलब्ध गराउने खान्कीलाई पनि वर्ल्डस बेस्ट बिजनेस क्लास अनबोर्ड क्याटरिङ अवार्ड प्रदान गरियो । अन्ततः अद्वितीय गुणस्तर, वैश्विक सञ्जाल, निरन्तर विश्वसनीयता तथा लचकता र यात्रुको पहिलो रोजाइको हवाइ सेवाका आधारमा एयरलाइनलाई ‘बेस्ट एयरलाइन इन मिडल इस्ट’को उपाधि पनि प्रदान गरिएको छ ।