काठमाडौं । फोटोन मोटर्सले आफ्नो ग्राहकलाई दशैँको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस एण्ड ड्राइभर ट्रेनिङ क्याम्प’ आयोजना गर्ने भएको छ । यही असोज १७ देखि असोज २२ गतेसम्म फोटोन मोटर्सका ग्राहकले फ्रि सर्भिस एन्ड ड्राइभर ट्रेनिङ क्याम्पको लाभ उठाउन पाउनेछन् ।
फोटोन मोटर्सको अधिकारिक वर्कसप सीतापाइलामा एक हप्तासम्म चल्ने उक्त योजना फोटोन मोटर्सका सम्पूर्ण प्रकारका गाडीहरुको फ्रि सर्भिसिङ हुने कम्पनीका सर्भिस हेड विदेश मानसिंह डंगोलले जानकारी दिए । उक्त अवधिभर फोटोन गाडीका ग्राहकहरुले फोटोन जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेन्ट्समा १५ प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअपमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । यसका साथै क्याम्पमा फोटोन गाडीसम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा विभिन्न प्रकारका आकर्षक गिफ्ट दिनेछ ।
नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल १६–सिट क्षमताको भ्यान भ्यु सीएस२, १५–सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।