काठमाडौं, माघ १४
सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरूमा बैंकिङ सेवा पु-याउँदै जाने उद्देश्यका साथ मोरङको मृगौलियामा ४७औं शाखारहित बैंकिङ सेवाको सुरूवात गरेको छ । बैंकका अनुसार शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चौधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छधारले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् ।
उक्त बैंकिङ सेवाका प्रतिनिधिदेव नारायण चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै शाखारहित बैंकिङ सेवा सञ्चालन भयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने जनाइएको छ । यो सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरू लिन सकिने जनाइएको छ ।
बैंकले हाल आफ्ना एक सय ३० वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ सेवा, आठवटा एक्सटेन्सन काउन्टर र एक सय ५२ वटा एटीएममार्फत आफ्ना छ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जानकारी दिएको छ ।