काठमाडौं । लगातार घट्दै आएको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार उकालो लागेको छ । यसदिन बजार परिसुचक ४१ दसमलव ८४ अंकले उकालो लागेर २६ सय १२ दसमलव ६५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव चार अंकले उकालो लागेर चार सय ९२ दसमलव दुई बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४१ हजार ५१ पटकको कारोवारमा ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार छ सय ८३ रुपैयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहरुको सुचक भने उकालो लागेका छन् ।