काठमाडौं, माघ १५ कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघबीच एक हस्ताक्षर समारोह आयोजना भएको छ । कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्विन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहनेछ ।