काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बुुधबार सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७–०७८ को वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७७–०७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोडको १८ प्रतिशतका दरले हुने रकम तीन करोड ७८ लाख नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले विशेष प्रस्तावअन्तर्गत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौैँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।
सभामा अध्यक्ष मिश्रले क्यापिटलको उद्देश्य प्राप्तिका लागि सहयोग पु¥याउने सेयरधनीहरू, ग्राहक तथा नेपाल सरकारको सम्बन्धित निकायलगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीयस एन्ड क्लियरिङ लिमिटेडप्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू दिँदै आइरहेको छ र भविष्यमा प्रविधिहरूको उच्चतम प्रयोग गरी ग्राहकमैत्री सेवाहरू प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।