काठमाडौं । नेपाल एसबीआई बैंक र पोखरा फाइनान्सबीच सम्झौता भएको छ । बैंकका अनुसार पोखरा फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरिएको हो ।
सम्झौताअन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरूले नेपाल एसबीआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट एगेन्स पेमेन्ट, डकुमेन्ट एगेन्स असेप्सन, लोकल बैंक ग्यारेन्टी आदि सेवा उपलब्ध गराउन सक्नेछ ।
नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङबीच उक्त सम्झौता आदानप्रदान भएको हो ।