काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँमध्येबाट छ प्रतिशत अर्थात् पाँच करोड ६५ लाख ८० हजार रुपैयाँबराबरको नगद लाभांश र १९ प्रतिशत अर्थात् १७ करोड ९१ लाख ७० हजार रुपैयाँ अर्थात् १७ लाख ९१ हजार सात सय कित्ताबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज २१ गते बसेको तीन सय ७४औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।