काठमाडौं, माघ १५
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार पाँच दशमलव ५२ अंकले उकालो लागेर १३ सय छ दशमलव १५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४८ अंकले घटेर दुुई सय ७८ दशमलव ६७ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १४ हजार पाँच सय ५५ वटा कारोबारमा ३७ लाख ३९ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ४० करोड ४० लाख ६७ हजार आठ सय पाँच रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार आठवटा समूहको सूचक उकालो लागेका छन् भने चारवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १२ अंकले ओरालो लागेर ११ सय ३८ दशमलव ६२ अंकमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि आठ दशमलव २१ अंकले ओरालो लागेर नौ सय ९८ दशमलव ७० अंकमा झरेको छ । ट्रेडिङ र होटल समूहको सूचक पनि क्रमशः २३ दशमलव ५६ र ३९ दशमलव ४२ अंकले ओरालो लागेका छन् ।
विकास बैंक समूहको सूचक भने शून्य दशमलव एक अंकले उकालो लागेर १७ सय ७० दशमलव २६ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ४२ दशमलव ५८ अंकले उकालो लागेर दुुई हजार ९८ दशमलव एक अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ४१ दशमलव ३३ अंकले उकालो लागेर पाँच हजार पाँच सय ७९ दशमलव ६२ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ५९ दशमलव २८ अंकले उकालो लागेर सात हजार चार सय २२ दशमलव ७७ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शून्य दशमलव ५७, चार दशमलव ४३, चार दशमलव चार र शून्य दशमलव एक अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य आठ रूपैयाँले बढेर एक हजार ८० रूपैयाँ कारोबार भएको छ । दोस्रो स्थानमा परेको नाडेप लघुुवित्त वित्तीय संस्थाको सेयर मुल्य छ रूपैयाँ ६२ पैसाले बढेर छ सय ९३ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक नागरिक लगानी कोष, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको पनि सेयर मूल्य बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य चार रूपैयाँ ३४ पैसाले घटेर एक सय ३२ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार रूपैयाँ चार पैसाले घटेर एक सय ६६ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक सिन्धुु विकास बैंक, बैंक अफ काठमाडौँ आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा परेको छ । ग्लोबल आईएमई बैंकको यसदिन प्रतिकित्ता दुुई सय ९० रूपैयाँ अन्तिम मूल्यमा नौ करोड ९५ लाख ८५ हजार तीन सय छ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ३७ रूपैयाँ अन्तिम मूल्यमा छ करोड ९९ लाख ११ हजार चार रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।