काठमाडौं, माघ १५
कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख १९ हजार ५४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ८१ लाख ६३ हजार पाँच सय २४ रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चुक्तापुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमसिक अवधिमा २७ अर्ब ४३ करोड ७२ लाख ४० हजार एक सय ९५ रूपैयाँ निक्षेप संंकलन गरी २३ अर्ब ४८ करोड १२ लाख ८७ हजार एक सय २६ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ४१ लाख २९ हजार आठ सय ९१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख एक हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३७ करोड ९८ लाख ६४ हजार पाँच सय ३७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दसमालव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । बैकको २०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटीएम रहेकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा २० शाखा तथा १५ वटा एटीएम थप गरी एक सय १४ शाखा र ५८ एटीएम पु-याउन सफल भएको छ । शाखा सञ्जाल विस्तारसँगै प्रविधिको स्तरोन्नती, डिजिटाइजेसन, अटोमेशनजस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११ दशमलव ६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२ दशमलव ३१ रहेको छ ।
बैंकले देशका विभिन्न भागहरूमा यी शाखासहित एक सय १७ वटा शाखा कार्यालयहरू तथा ६० वटा एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष रूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।