काठमाडौं । सानिमा बैंकले थप दुईवटा शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार गरेको छ । यो समेत गरी बैंकको सातवटै प्रदेशमा एक सय १४ वटा शाखा र ९७ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।