काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १८ दसमलव ५३ अंकले ओर्लिएको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन सोमबार पुन २३ दसमलव १९ अंकले ओरालो लागेर पाँच दसमलव ५६ अंकले ओरालो लागेर चार सय ९४ दसमलव २२ बिन्दुमा झरेको छ ।
आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४४ हजारा चार सय ६२ पटकको कारोवारमा ९३ लाख १४ हजार सात सय ८० कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल सेयर कारोवार रकम तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज कारोवार भएका कुल समुहरु मध्ये सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक सामान्य अंकले उकालो लागेका छन् भने बाँकी ११ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् ।