काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शनिबार कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आव २०७७–०७८ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको कम्पनीले जानकारी दिएको छ ।