काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार सेयर बजार परिसुचक २७ दसमलव ५१ अंकले उकालो लागेर २५ सय ८४ दसलव ५२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव २४ अंकले उकालो लागेर चार सय ९० दसमलव ६८ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ३८ हजार एक सय ४७ पटकको कारोवारमा ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त सेयर खरिद बिक्रीका आधारमा आज सेयर कारोवार रकम दुई अर्ब ७७ करोड ३४ लाख २० हजार एक सय ३५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहहरु मध्ये ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।