काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार पुनः पाँच अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । यसदिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत ३० गते पनि ११ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जारी मिति कात्तिक ९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँ र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ माघ ११ गते र २०७९ कात्तिक ७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुने यी ट्रेजरी पुरानो नवीकरण अन्तर्गतका हुन् ।
यसअघि गत साता अर्थात् कात्र्तिक १ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।