काठमाडौं । मुक्तिनाथ विकास बैंकले उच्च ब्याजदरसहितको आकर्षक निक्षेप योजना सुरु गरेको छ । ग्राहकहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरूलाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।
यसअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर पाँच दशमलव ५० प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निःशुल्क भिसा, डेबिट कार्ड र हरेक वर्ष निशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरूलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।