काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २७ दसमलव ५१ बिन्दुले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन ८७ दसमलव ६३ अंकले उकालो लागेर २६ सय ७२ दसमलव २५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दसमलव ६१ अंकले उकालो लागेर पाँच सय चार दसमलव ५७ बिन्दुमा चढेको छ । आज कुल १३ वटा उपसमुहरुको दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । उक्त खरिद बिक्री अन्तर्गत ५३ हजार सात सय ९२ पटकको कारोवारमा ८३ लाख ९५ हजार आठ सय ६४ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब ३० करोड ८८ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये १३ वटै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।