काठमाडौं । सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुले सोमबारको इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीहरुको इजलासमा २१६ वटा मुद्दाको पेशी तोकेका थिए ।
तर उनीहरुले इजलास नै बसाएनन् । प्रधानन्यायाधीश राणाले बोलाएको बारसहितको फुलकोर्टमा पनि नजाने भन्दै समानान्तर बैठक गरेका थिए । सर्वोच्चका न्यायाधीशहरुमा दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भर प्रसाद श्रेष्ठ, डा. आनन्द मोहन भट्टराई, प्रकाशमान सिंह राउत, बम मोहन श्रेष्ठ, टंक बहादुर मोक्तान, प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोज कुमार शर्माले सोमबारको इजलास बहिष्कार गरेर अदालतमै समानान्तर बैठक गरेका हुन् ।
नहकुल सुवेदी चाहिँ बिरामी भएको बहानामा सोमबार अदालत उपस्थित नै भएनन् । न्यायाधीश कुमार चुँडाल घर विदा बसेकाले सोमबार अदालतमा उपस्थित थिएनन् भने सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा खप्तड घुम्न गएका छन् ।
अर्का न्यायाधीश तेज बहादुर केसी घर विदामा बसेका छन् । न्यायाधीश ईश्वर प्रसाद खतिवडाचाहिँ अमेरिका घुम्न गएका छन् । यसरी गोपाल पराजुली र दीपक राज जोशीविरुद्ध षड्यन्त्र गरेर राणा प्रधानन्यायाधीश बनेका थिए । ठीक त्यसैगरी अहिले षड्यन्त्रमूलक ढंगले एक्लिएका छन् र अदालतमा इजलास सञ्चालन गर्न नसक्ने व्यवस्थामा पुगेका छन् ।