काठमाडौं । जापानको हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्युटी गोल्ड वासेबल ग्राहकमाझ ल्याएको छ । विशेष गरी नेपालका घरलाई लक्षित गरेर लन्च गरिएको यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने कम्पनीको दाबी छ ।
आर्कषक चमक रहेको यस एन्टि–ब्याकटेरीयल केएनपी ब्युटी गोल्ड वासेबलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्नेछन् । पेन्टमा हुने भीओसी (हानिकारक केमिकल) अत्यधिक रुपमा कम भएको र कम गन्ध रहेको यस पेन्टले भित्तामा लागेका दागहरु समेत हटाउने क्षमता राखी भित्तालाई वर्षौँसम्म नयाँ जस्तै राख्न मद्दत गर्दछ ।
सन् २०१२ देखि नेपालमा आनो उत्पादन गर्न सुरु गरेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ । नेपालमा भीओसी (हानिकारक केमिकल) रहित पेन्टलाई सशक्त रुपमा आत्मसात् गर्दै अगाडि बढेको केएनपीले स्वास्थ्य जीवन र स्वच्छ वातावरणको प्रचारप्रसार गर्दै आएको छ ।