अमेरिका । सामाजिक सञ्जाल कम्पनी ट्विटरको मुनाफा घटेको छ । सेप्टेम्बरसम्मको तीन महिनामा ट्विटरले ५० करोड डलर बढी गुमाएको बीबीसीले जनाएको छ ।

कम्पनीले लामो समययता चलिरहेको मुद्दा सल्टाउन ८० करोड ९५ लाख अमेरिकी डलर तिर्नुपरेपछि नाफामा यसको असर देखिएको हो । सन् २०१५ मा प्रयोगकर्ता संलग्नतालाई लिएर लगानीकर्तालाई ढाँटेको आरोप ट्विटरमाथि लागेको थियो ।