काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको आइतबार बसेको सञ्चालक समितिको तीन सय ८१औँ बैठकले आफ्ना सेयरधनीहरूलाई १४ दशमालव २५ प्रतिशत बोनस सेयर र शूून्य दशमालव ७५ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको हालको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैयाँ रहेकोमा १४ दशमालव २५ प्रतिशतबराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैयाँबराबरको बोनस सेयर र शून्य दशमालव ७५ प्रतिशतबराबरको आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात् तथा आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ । बैंकले हाल देशभर एक सय ८९ वटा शाखा (तीनवटा एक्सटेन्सन काउन्टरसहित), एक सय १४ शाखारहित बैैंकिङ र दुई सय नौवटा एटीएममार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।