काठमाडौं । मिर्मिरे लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब १३ करोड ९५ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा आठ अर्ब ११ करोड ९४ लाख ८७ हजार रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाले १३ करोड ३३ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम सात लाख ८९ हजार रुपैयाँ रहेको संस्थामा दुुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ४७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५६ करोड आठ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६५ करोड ३० लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड १८ लाख २२ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८८ लाख ३७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७२ प्रतिशत रहेको थियो । यस अवधिमा संस्थाको स्प्रेड दर भने आठ दशमलव २० प्रतिशत रहेको थियो ।