काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार सात सय ८२ दशमलव १६ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २० दशमलव ९८ बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ९९ हजार छ सय ६४ पटकको कारोबारमा चार करोड ६५ लाख २८ हजार आठ सय ६० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार एक सय १० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा दुई गुणाले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय २१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ८७ हजार पाँच सय ८७ पटकको कारोबारमा तीन करोड ५३ लाख २० हजार एक सय ८९ कित्ता सेयर खरिदबिक्री हुुंदा कुल कारोबार रकम १३ अर्ब ५६ करोड २१ लाख १६ हजार सात सय ७२ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पाँचै दिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक २७ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार पाँच सय ८४ दशमलव ५२ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २४ अंंकले उकालो लागेर चार सय ९० दशमलव ६८ बिन्दुमा चढेको थियो । दोस्र्रो दिन पनि बजार परिसूचक ८७ दशमलव ६३ अंकले उकालो लागेर दुई हजार छ सय ७२ दशमलव २५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ६१ बिन्दुले उकालो लागेर पाँच सय चार दशमलव ५७ बिन्दुमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ७८ दशमलव ८२ अंकले उकालो लागेर दुई हजार सात सय ५१ दशमलव सात बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव पाँच बिन्दुले उकालो लागेर पाँच सय १६ दशमलव सात बिन्दुमा चढेको थियो ।
चौथो दिन पनि बजार परिसूचक १८ दशमलव छ अंकले उकालो लागेर दुई हजार सात सय ६९ दशमलव १३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि मूल्य दशमलव ४९ बिन्दुले उकालो लागेर पाँच सय १६ दशमलव ५६ बिन्दुमा चढेको थियो । पाँचौँ दिन पनि बजार परिसूचक १३ दशमलव चार अंकले उकालो लागेर दुई हजार सात सय ८२ दशमलव १६ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ बिन्दुले उकालो लागेर लागेर पाँच सय २० दशमलव ९८ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल बैंक, नेसनल हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक आदि परेका छन् । यसैगरी बजार पुँजीकरणको । आधारमा भने यस साता पनि नेपाल टेलिकम नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सूचीकरणतर्फ भने यो साता तेह्रथुम हाइड्रोपावर कम्पनी र साहस ऊर्जा लिमिटेडको साधारण सेयर नियमित कारोबारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।