काठमाडौ । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक ५५ दसमलव पाँच अंकले उकालो लागेर २८ सय ३७ दसमलव ६१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव ४६ अंकले उकालो लागेर पाँच सय ३० दसमलव ४६ बिन्दुमा पुग्न सफल भएको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ८१ हजार नौ सय ३५ पटकको कारोवारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोवार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुल उपसमुहहरु मध्ये बाणिज्य बैंक उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहरुको सुचक उकालो लागेका छन् ।