काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार एक अर्ब ८९ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति कात्तिक १६ तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँ रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ माघ १८ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ कात्तिक १५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही कात्तिक ८ गते पनि राष्ट्र बैंकले पाँच अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको तीन अर्ब ६० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार दुवै ट्रेजरी पुरानो नवीकरण अन्तर्गतको हो ।