काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ११ करोड पाँच लाख ९३ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९४ करोड ६९ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दसमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९९ करोड १० लाख ३६ हजार रुपैयाँ निक्षेप संंकलन गरी दुई अर्ब ८० करोड ६० लाख ११ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड २२ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड १४ लाख सात हजार रुपैयाँ रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७३ प्रतिशत रहेको थियो ।