काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १३ दशमलव ३६ प्रतिशत अर्थात् ३० करोड २५ लाख १३ हजार दुई सय ६३ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा कमाएको खुद मुनाफामध्येबाट १२ दशमलव ७० प्रतिशत अर्थात् २८ करोड ७३ लाख ८७ हजार छ सय रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत अर्थात् एक करोड ५१ लाख २५ हजार छ सय ६३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक १३ गते बसेको सञ्चालक समितिको तीन सय १औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्यनमा आउनेछ ।