काठमाडौं । वर्ल्ड बुक अफ रेकर्डसले ‘न्यानोपन’ संस्थालाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेको छ । एकै पटक जुम प्लेटर्फममा आठ सय ९८ जनाले मम खाएर कोभिडको दोस्रो लहरको क्रममा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा रहेको संस्था न्यानोपनले गरिरहेको अभियानको सहयोगार्थ प्रयासलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
अष्ट्रेलियाबाट सञ्चालित कार्यक्रम ‘द दिपेश शो’को सक्रियतामा भएको उक्त कार्यक्रमलाई विश्व कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल एवं ‘वर्ल्ड रेकर्ड होल्डर्स एन्ड एचिभर्स एसोसियसन नेपालका अध्यक्ष हरिगोपाल प्रधानको उपस्थितिमा न्यानोपनका प्रमुख वरिष्ठ क्याप्टेन विजय लामालाई हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा न्यानोपनका उपाध्यक्ष अपरा थापा भट्टराईको पनि उपस्थिति थियो ।