काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरी डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार फोन–पेले ल्याएको आईबीएफटी केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ सँग प्रेरित रही डिजिटल बैंकिङलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।
यो अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटीमार्फत पैसा पठाउने एक जना भाग्यशाली सेवाग्राहीले दैनिक पाँच सय रुपैयाँ जित्न सक्नेछन् । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आइतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक सञ्जालबाट गरिने बंैकले जनाएको छ ।