काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १७ दसमलव ७५ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार २३ दसमलव ७६ अंकले उकालो लागेर २८ सय ४३ दसमलव ६२ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८४ अंकले उकालो लागेर पाँच सय ३१ दसमलव ४२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत ५९ हजार आठ सय ८१ पटकको कारोवारमा ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा यसदिन कुल सेयर कारोवार रकम छ अर्ब सात करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।